समाचारशुक्रबार, पौष ५, २०७०

एमाओवादीसँग सहमति भएकै छैनः कांग्रेस

हिमालखबर

नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सभापति सुशील कोइरालाले एमालेलाई छाडेर एमाओवादीसँग मात्रै सहमति हुन लागेको भन्ने हल्लामात्रै भएको प्रष्ट पारेका छन् ।

पार्टी कार्यालय सानेपामा ४ पुषमा बसेको केन्द्रीय समितिको बैठकमा नेताहरुले कांग्रेस(एमाओवादी सहमति नजिक भएको समाचारबारे प्रश्न उठाएका थिए ।

सभापति कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल भए पनि कुनै सहमति नभएको भन्दै दाहाललाई उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनाउने, एमाओवादीसँग मिलेर सरकार गठन गर्ने जस्ता कुनै सहमति नभएको बताए । यद्दपी उनले छलफल सकारात्मक भएको जानकारी दिएका थिए ।

आफू सबै दलसँग सहमति गरेर अघि बढ्ने प्रयासमा रहेको भन्दै कोइरालाले एमालेलाई छाडेर अघि बढ्ने आफ्नो मनसाय नभएको बैठककका सहभागीलाई जानकारी गराएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

बैठकपछि नेता रामशरण महतले कांग्रेस र एमाओवादीबीच सहमति भएको भन्ने कुरामा कुनै सत्यता नभएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>