समाचारशुक्रबार, पौष ५, २०७०
स्वदेशमै सेवा गर्न रेग्मीको आग्रह
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको १९ औं दीक्षान्त समारोहमा बोल्दै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले नेपालमा अवसर र विकासको सम्भावना वृटि भएको र सरकारले समेत चिकित्साशास्त्र तर्फका दीक्षितहरुका लागि अवसर विकासका लागि प्रयास गरिरहेकाले स्वदेशमै बसेर सेवामा समर्पित हुन हुन आग्रह गरेका छन् ।
५ पुसमा काभ्रेको चौकोटमा आयोजित समारोहमा रेग्मीले सरकारले काम गर्ने वातावरण निर्माण गरी सहयोग र प्रोत्साहन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
नविन उपचार पद्दती र औषधीको विकासको लागि खोज र अनुसन्धानमा लाग्न ग्राजुएटहरुलाई गर्दै उनले युवा अवस्थाको स्फूर्ति र उत्साहमा ज्ञान र सीपको मिश्रण गरी आफूलाई परिपक्व, आत्मविश्वासी र सृजनशिल जनशक्तिको रुपमा स्थापित गर्न पनि रेग्मीले आग्रह गरेका थिए ।
समारोहमा विभिन्न तहका १ हजार २ जना विद्यार्थी दीक्षित भएका छन् ।
दीक्षितहरुमध्ये महिला ४३ प्रतिशत र विदेशी २५ प्रतिशत छन् । समारोहमा एमविविएस तहमा सबै भन्दा बढी अंक (८०.३२ प्रतिशत ) ल्याउने नोबेल मेडिकल कलेजका कमलप्रंसाद आचार्यलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरियो ।
नगेन्द्र अधिकारी, काभ्रे
