समाचारशनिबार, पौष ६, २०७०

‘सबैलाई मिलाउन खोज्दा सरकार गठनमा ढिलाई’

हिमालखबर

नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले नेपाली काँग्रेसका तर्फबाट संविधानसभा निर्वाचनमा विजयी उपत्यकाका र काभ्रे जिल्लाका सभासद्को बधाई तथा सम्मानमा ६ पुसमा आयोजित कार्यक्रममा सिंहले सबै दललाई मिलाएर लैजान काँग्रेसले पहल गरिरहेको भन्दै संविधानसभा प्रक्रियाबाट चाँडै सरकार गठन हुने बताए ।

“मिश्रित निर्वाचन प्रणालीमा समानुपातिकतर्फका उम्मेदवार चयनमा केही ढिलाइ भएको छ, एमाओवादीलगायत सबै पार्टीलाई मिलाएर लैजानुपर्ने बाध्यता भएकाले काँग्रेसले विशेष पहल गरिरहेको छ । अब संविधानसभा प्रक्रियाबाट चाँडै नयाँ सरकार गठन हुन्छ ।”

महामन्त्री सिंहले भने, “जनताले एक वर्षभित्रै लिखित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउने जिम्मेवारी दिएका छन् काँग्रेसले सबै दललाई मिलाएर लैजाने प्रयास जारी राखेको छ ।” उनले सहमतिका आधारबाटै संविधान जारी गर्न चाहे पनि विगतमा सहमतिका नाममा समय खेर गएको गल्तीलाई दोहोरिन नदिन सकभर सहमति र नभए विधि र प्रक्रियाबाट एक वर्षभित्रै लोकतान्त्रिक संविधान जारी गरिने दोहोर्याए ।

काँग्रेसले आफ्नो जिम्मेवारी पूरा गर्न एमाले, एमाओवादी, मधेसवादीलगायतका दललाई वार्ता प्रक्रियाबाट सहमतिको मार्ग अघि बढाएको भन्दै उनले सरकार बनेको छ महिनाभित्रै स्थानीय निकायको निर्वाचन गराइने विश्वास दिलाए ।

काँग्रेस केन्द्रीय सदस्य एवम् क्षेत्र नं ५ का सभासद् नरहरि आचार्यले अहिलेको निर्वाचनमा सबै हिसाबले पनि चुनौतीपूर्ण रहेको अवस्थामा काँग्रेसलाई जनताले विजयी बनाएर ठूलो जिम्मेवारी दिएको भन्दै त्यसअनुरुप एक वर्षभित्रै चुनौतीका बावजुद पनि संविधान जारी गर्नुपर्ने बाध्यता रहेको बताए ।

सभासद् ध्यानगोविन्द रञ्जित, राजन केसी, रामेश्वरप्रसाद ढुङ्गेल, कञ्चनचन्द्र बादेलगायतले जनताले दिएको जिम्मेवारी पूरा गर्न एक वर्षभित्रै संविधान निर्माण गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा कर्मचारी युनियनले काँग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नं १ का विजयी सभासद् प्रकाशमान सिंह, क्षेत्र नं ५ का नरहरि आचार्य, क्षेत्र नंं ९ का ध्यानगोविन्द रञ्जित क्षेत्र नं १० का राजन केसी, भक्तपुर क्षेत्र नं २ का रामेश्वरप्रसाद ढुङ्गेल र काभ्रे क्षेत्र नं ३ कञ्चनचन्द्र बादेलाई सम्मान गरेको थियो ।

आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद ढुंगेलले निगम अझै ३४ अर्ब रुपैयाँ घाटामा रहेको र त्यस्तो अवस्थामा ४४आँै वार्षिकोत्सव मनाउन लागिएको बताए ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>