थप समाचारआइतबार, पौष ७, २०७०

महिला बेच्न खोज्ने २ भारतीय पक्राउ

हिमालखबर

पर्सा, निर्मलबस्ती–६ बस्ने ३५ वर्षीय महिलालाई बैदेशिक रोजगारको लागि साउदी अरब पठाई दिन्छु भन्दै भारततर्फ लैजांदै गरेका दुई भारतीय नागरिकलाई पर्सा प्रहरीले ७ पुसमा पक्राउ गरेको छ ।

आरोपीद्वयले ५ पुस साँझबाट ती महिलालाई पटक पटक फोन गरी ललाइफकाई बीरगञ्जको घण्टाघर बोलाएर भारततर्फ लगिरहेको बेला नेपाल–भारत सीमास्थित ईनर्वा प्रहरी चौकी र माईती नेपालको टोलीले पक्राउ गरी महिलालाई उद्दार गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार बेतिया जिल्ला ईनरुवा थाना बस्ने ३८ वर्षीय ओमप्रकाश साह र पूर्वी चम्पारण रक्सौल बस्ने ३८ वर्षीय राजकिशोर महतो रहेका छन् ।

दुबैलाई कारवाही गर्न आवश्यक अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>