समाचारआइतबार, पौष ७, २०७०
चुनावमा अन्तर्घात गर्नेलाई कांग्रेसले सभासद नबनाउने
नेपाली कांग्रेसले संविधानसभा निर्वाचनमा अन्तर्घात गर्ने समानुपातिकतर्फका उम्मेदवारलाई सभासद नबनाउने जनाएको छ । ३ पुसदेखि ७ पुसम्म पार्टी कार्यालय सानेपामा चलेको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै कांग्रेस सभापति सुशिल कोइरालाले घात–अन्तर्घात गर्नेलाई कुनै पनि हालतमा सभासद नबनाउने प्रतिवद्धता जनाएका हुन् ।
निर्वाचनमा अन्तर्घात गर्नेलाई सभासद नबनाउन पार्टीभित्र चर्को रुपमा आवाज उठेपछि कोइरालाले त्यसमा ढुक्क हुन बताएको एक केन्द्रीय सदस्यले बताए । कोइरालाले राजनीतिक स्थायित्वका लागि कांग्रेसले सशक्त भूमिका खेल्नुपर्ने भएकाले आपसी मनमुटाव अन्त्य गरेर अघि बढ्नुपर्नेमा जोडदिएका थिए ।
कांग्रेसले आफ्नै नेतृत्वमा सहमतीय सरकार गठनका लागि अरु दलसँग वार्ता अघि बढाउने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय समिति बैठकले गरेका निर्णयहरुः

