थप समाचारमंगलबार, पौष ९, २०७०

मध्यपश्चिममा सडक दुर्घटनाबाट ९८ को मृत्यु

हिमालखबर

क्षेत्रीय ट्राफिक कार्यालय, कोहलपुरले पाँच महिना अवधिमा मध्यपश्चिममा २२३ वटा सडक दुर्घटना भएको जनाएको छ । दुर्घटनामा ९८ जनाको मृत्यु भएको छ । २२२ जना घाइते भएको कार्यालयको भनाई छ ।

मध्यपश्चिम क्षेत्रका १५ जिल्लामध्ये सबैभन्दा बढी सडक दुर्घटना दाङमा भएको छ । त्यहाँ पाँच महिनाको अवधिमा ३३ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । तर, हिमाली जिल्ला जुम्लामा भने कुनै पनि सडक दुर्घटना भएको छैन ।

सवारी चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु र मालसामान राख्नु, चालकले मदिरा सेवन, ट्राफिक नियमको पालना नगर्नु लगायतका कारणले सवारी दुर्घटना हुने गरेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओम पौडेलले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>