समाचारमंगलबार, पौष ९, २०७०

‘अधिकारी दम्पतीको जीवन रक्षा गर’

हिमालखबर

९ पुसमा वीर अस्पताल परिसरमा दिउँसै मैनबत्ती बालेर मानवअधिकारकर्मी र नागरिकहरुले न्यायको खोजी गरेका छन् । वीर अस्पतालमा अनसनरत अधिकारी दम्पतीको जीवन रक्षाको माग गरेका उनीहरुले छोराका हत्यारालाई कार्वाहीको माग गर्दै दुईदुई पटक बृद्ध बाबुआमा अनशन बस्नुपर्ने अवस्था विडम्बनापूर्ण भएको बताएका छन् ।

उक्त अवसरमा नागरिक समाजका तर्फबाट सुरेश भट्टले वर्तमान सरकारले हत्यारालाई कारवाही गरी अधिकारी दम्पतीलाई न्याय दिलाउनेतर्फ सरकारले बेवास्ता गर्नु विडम्बनापूर्ण भएको बताए ।

दोस्रो पटक ६१ दिनदेखि अनशन बसेका अधिकारी दम्पतीको स्वास्थ्य अवस्था निकै गम्भीर भएपछि उनीहरुलाई घाँटीको नसाबाट प्रोटिन दिएर अस्पतालले बचाइरहेको बताउँदै भट्टले भने, “उनीहरुको जीवन जोखिममा छ, त्यसैले सरकारले अविलम्ब उनीहरुको माग पूरा गरी जीवन रक्षा गर्नुपर्छ ।”

गोरखा जिल्ला फुजेल निवासी नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई २४ जेठ २०६१ मा माओवादीले अपहरण गरी यातना दिएर हत्या गरेको थियो ।
‘न्याय नपाएपछि बाँचेर के गर्नु र !’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>