समाचारमंगलबार, पौष ९, २०७०

प्यूठानमा बस दुर्घटना, १८ घाईते

हिमालखबर

प्यूठानकोे सदरमुकाम खलंगाबाट बाग्दुलातर्फ जाँदै गरेको ना ५ ख ४५५ नम्बरको यात्रुबाहक बस खलंगा सातमा दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको उद्दारकर्मीले बताएका छन् ।

घाईतेलाई स्थानीयबासी, नेपाली सेना र प्रहरीले उद्दार गरी स्वर्गद्वारी लाईफ केयर अस्पताल बाग्दुला र जिल्ला अस्पताल बिजुवारमा पुर्‍याएका छन् ।

दुर्घटनाको कारण अझै खुल्न नसकेको र थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञावालीले बताएका छन् ।
प्रमोद पोखरेल, प्यूठान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>