समाचारमंगलबार, पौष ९, २०७०

दलहरुबीच ४ बुँदे सहमति, संयन्त्रलाई निरन्तरता दिने

हिमालखबर

९ पुस विहान नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीबीच भएको सहमति अनुसार दिउँसो बसेको ८ दलको बैठकले चार बुँदे सहमति गरेको छ ।

बबरमहलस्थित शान्तिकोषको सचिवालयमा बसेको बैठकले राजनीतिक समितिलाई निरन्तरता दिने, निर्वाचनमा धाँधली भएको भन्दै छानविन गर्न एमाओवादीले माग गरे अनुसारको छानविन समिति ब्यवस्थापिका संसदबाट बनाउने, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठनका गर्ने र एक वर्षभित्र संविधान जारी गर्ने सहमति पत्रमा उल्लेख छ ।

उक्त सहमति तीन प्रमुख दलहरुले विहानै गरेको भए पनि त्यसलाई ८ दलको बैठकले दिउँसो औपचारिकता प्रदान गरेको हो ।

राजनीतिक समितिको संयोजक भने संविधानसभा बैठकबाटै तोकिने दलहरुबीच समझदारी बनेको छ ।

यस्तो छ दलहरुको सहमतिपत्रः



प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>