थप समाचारमंगलबार, पौष ९, २०७०
कर्मचारीबाट सुशासन कायम गर्न गाह्रो भयो भन्नुस्ः मन्त्री मल्लिक
नवलपरासीको प्रगतिनगर गाविसलाई नेपालकै पहिलो बालमैत्री स्थानीय शासन गाविस घोषणा ९ पुसमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मल्लिक स्थानीय निकायको चुनाव चैत भित्र गर्न ऐन, कानुन पनि तयार रहेको बताए । उनले भने, “कर्मचारीबाट मात्र सुशासन कायम गर्न गाह्रो भयो भन्ने सन्देश पुर्याएर चुनाव माग्नुहोस् ।”
कार्यक्रममा युनिसेफकी नेपाल प्रमुख हाना सिंगरले बालबालिकाका सदस्य समेतको सक्रियतामा भएका कामको प्रशंसा गरिन । जिल्ला विकास समिति नवलपरासीले दुई लाख रकमले सोही अबसरमा प्रगतिनगर गाविसलाई सम्मान गरेको छ । कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल, प्रमुख जिल्ला अधिकारी केशबराज घिमिरे, स्थानीय विकास अधिकारी राजुराज कडरिया, गाउँ बाल सञ्जालकी अध्यक्ष प्रतिमा ढकाल लगायतले बालमैत्री व्यवहार हुनुपर्नेमा जोड दिएका थिए ।
विद्रोही गिरी, नवलपरासी
