थप समाचारबुधबार, पौष १०, २०७०

विहे गर्न नमान्दा युवतीमाथि तेजाब

हिमालखबर

कैलालीको गेटा–४ का २३ वर्षीय रविन्द्र ठगुन्नाले स्थानीय विद्यालयमा अध्ययनरत १९ वर्षीया युवतीलाई आफूसँग विहे गर्न नमानेको भन्दै अनुहारमा तेजाब छ्याप्दा युवती घाइते भएकी छन् ।

पीडित युवती पक्षले ढिलो गरी गएको ७ पुसमामात्रै जाहेरी दिएकाले गत २४ मंसीरमा भएको घटना ढिलो गरी जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताए ।

बिहान विद्यालय जाँदै गरेको मौका छोपी ठगुन्नाले तेजाब छ्यापेपछि युवतीको अनुहार र घाँटीमा गम्भीर चोट पुगेको छ । घटनालगत्तै फरार रहेका अभियुक्त ठगुन्नालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएको छ ।

विवाहका लागि मगनी गर्न गएकोमा युवती पक्षबाट अस्वीकार गरिएपछि विक्षिप्त भएका अभियुक्तले युवतीमाथि तेजाब फ्याँकेका हुन् ।

उनीमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको पनि पण्डितले जानकारी दिए । घाइते युवतीको हाल काठमाडौँमा उपाचार भइरहेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>