समाचारबुधबार, पौष १०, २०७०
सुडानमा चार नेपाली सेना घाइते
दक्षिणी सुडानको बोरस्थित नेपाली सेना तैनाथ युनिट परिसरमा विद्रोहीहरूले ९ पुस अपराह्न ४ देखि राति ८ बजेसम्म गरेको चारवटा मोर्टार आक्रमणमा परी चार जना नेपाली शान्ति सैनिक घाइते भएको नेपाली सेनाले जनाएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ ।
विद्रोहीले गरेको सो आक्रमणबाट नेपाली सेना तैनाथ युनिट परिसरमा रहेका तीनवटा ट्रक, बारुदी सुरुङ निस्तेज तुल्याउन प्रयाग गरिने एउटा सवारीसाधन, पानी प्रशोधन केन्द्र र भान्साघरमा पनि सामान्य क्षति पुगेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

