समाचारबुधबार, साउन १०, २०६९
चुनाव सार्ने एमाओवादी प्रस्ताव प्रतिपक्षीद्वारा अस्विकार्य
एमाले मुख्यालय मदननगर बल्खुमा १० साउनमा बसेको बैठकमा प्रतिपक्षी दलका नेताहरुले सरकार आफै असंवैधानिक भईसकेको अवस्थामा घोषणा गरेको चुनावको मिति सार्नु वा नसार्नुको कुनै अर्थ नहुने धारणा राखेका हुन । कानुनी र संवैधानिक जटिलता समाधान भइनसकेको भन्दै एमाओवादी र मधेशी मोर्चाले बिहान गरेको सहमति अनुसार एमाओवादीले छलफलमा चुनाव सार्ने प्रस्ताव गरेका थिए ।
बैठकमा ठोस सहमति नभएपनि राजनीतिक निकासका लागि निरन्तर छलफल गर्ने सहमति भएको कांग्रेस नेता रामशरण महतले जानकारी दिए ।
एमाओवादी उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पनि वर्तमान गतिरोध अन्त्यका लागि नयाँ शिराबाट छलफल गर्ने सहमति भएको बताए ।
बैठकपछि एमाले सचिव शंकर पोखरेलले सकेसम्म संविधानका विवादित विषयमा सहमति गर्ने नभए प्रकृयाका बारेमा छलफल गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।
