थप समाचारबुधबार, पौष १०, २०७०
म्यादी जिस्काउने प्रहरी निलम्बित
भक्तपुर प्रहरीले प्रहरी हवल्दार रामकृष्ण थापा र दिलबहादुर दमाई तथा प्रहरी जवान दामोदर पन्थ र सन्तोषसिंह धामी अनुशानसनविपरित कार्य गरेको आरोपमा निलम्बन गरेको छ ।
प्रहरी जवानद्वय पन्थ र धामी महानगरीय प्रहरी वृत्त थिमि मातहत दुवाकोट प्रभागमा कार्यरत थिए । मादक पदार्थ सेवन गरी काममा नजाने गरेको र आफूभन्दा वरिष्ठ प्रहरी अधिकृतसँग झै झगडा गरेको अभियोगमा उनीहरुलाई निलम्बन गरिएको भक्तपुरका प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले जानकारी दिए ।
त्यस्तै प्रहरी हवल्दारद्वय थापा र दमाईलाई पनि कामको समयमा मादक पदार्थ सेवन गरी निवार्चनको सुरक्षाका लागि भर्ती भएका महिला म्यादी प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा निलम्बन गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
रासस
