समाचारबुधबार, पौष १०, २०७०

संविधानसभाको अधिवेशनसँगै नयाँ सरकारः रेग्मी

हिमालखबर

काठमाडौंमा १० पुसमा आयोजित एलआरआई उच्च माविको रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको पहिलो बैठकसँग निर्वाचित सरकार गठन र संविधान निर्माणको कार्य अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

उनले विशेष परिस्थितिमा ४ मंसीरमा सम्पन्न संविधानसभा निर्वाचनपछि मुलुकमा शान्ति एवम् समृद्धिको उत्साह सञ्चारित भएको बताए ।

“अबका दिनमा आशावादी हुँदै देशको विकास, शान्ति र आर्थिक सामाजिक रुपान्तरणका कार्यमा हाम्रो सीप र श्रम लगानी हुनुपर्दछ,” मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले भने ।

मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले भन्नुभयो – आजको शिक्षा प्रणाली समग्र देश र जनताको पक्षमा कार्य गर्ने जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्छ । यो कुनै पनि व्यक्तिलाई रोजगारी वा जागिरको लागि योग्य बनाउने प्रकारबाट मात्र नभई समाज रुपान्तरणको संवाहक बनी देश, जनता र सिङ्गो विश्वलाई नै सुखद् स्थानका रुपमा विकास गर्न सक्ने माध्यम बन्न सक्नुपर्दछ ।

“नेपालमा विकसित भएका शैक्षिक संस्थाको समयानुकूल प्रगतिबाट हामी सन्तुष्ट हुँदै थप विकासका लागि अग्रसर हुन आवश्यक छ, सामूहिक हितका कार्यमा हाम्रा प्रयासहरु केन्द्रित हुनुपर्दछ,” मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले भन्नुभयो ।

अध्यक्ष रेग्मीले सरकारी र निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानीबाट उत्पादन हुने जनशक्ति स्वदेशमा खपत हुन नसक्ने दुखद भएको भन्दै शिक्षा प्रणालीलाई समग्र मुलुकको हितमा प्रयोग गर्नुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>