समाचारबुधबार, पौष १०, २०७०

कांग्रेस सरकारलाई समर्थन गर्छौं: वर्षमान

हिमालखबर

एमाओवादी नेता वर्षमान पुनले सत्ता चलखेलमा नलाग्ने बताएका छन् । नेपाली कांग्रेस नेतृत्वको सरकारलाई बाहिरै बसेर बिना सर्त समर्थन गर्ने भन्दै उनले सरकारमा जाने तथा सत्ता चलखेलमा एमाओवादी नलाग्ने बताएका हुन् ।

रिपोर्टस क्लबले राजधानीमा १० पुसमा गरेको साक्षात्कारमा उनले एमाओवादी सत्ता चलखेलमा नलागी एक वर्षभित्र संविधान निर्माण गर्ने अभियानमा जुट्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, “नयाँ जनादेश आएपछि राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा प्रश्न उठ्नु स्वभाविक हो । तर, संविधान निर्माणको काम छाडेर दलहरु त्यत्तातिर लाग्नु उचित हुँदैन ।”

उनले दलहरु संविधान निर्माणमै केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले समानुपातिकतर्फको सभासदको नाम तय गर्न एमाओवादीले छलफल थालेको बताए । उनले भने, “निर्वाचन आयोगले थपेको समयावधिमै हामी समानुपातिक नाम बुझाउँछौं ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>