समाचारबुधबार, पौष १०, २०७०

बाह्र घण्टाभन्दा बढी विद्युत कटौती हुँदैन: मन्त्री झा

हिमालखबर

नारायणी नदीको तटबन्धन निरीक्षणका लागि चितवन आएका मन्त्री झाले भरतपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै दैनिक १२ घण्टाभन्दा बढी विद्युतभार कटौती नहुने दाबी गरेका छन् ।

गतवर्ष यो समयमा दैनिक १५ घण्टा पुगेको विद्युतभार कटौती यस वर्ष १२ घण्टाभन्दा बढी नहुने उनको भनाइ थियो ।

भारतबाट २०० मेगावाट बिजुली आयात गर्ने तयारी गरेकाले पनि लोडसेडिङ पोहोरभन्दा घट्ने मन्त्री झाले बताए । उनले सरकार अल्पकालीन र दीर्घकालीनरुपमा विद्युतभार कटौती अन्त्य गर्न लागिपरेको भन्दै विद्युत चोरी नियन्त्रण र सञ्चालनमा रहेका विद्युत परियोजनाबाट अधिकतम् विद्युत उत्पादनमा ध्यान केन्द्रित गरेकाले पनि यो सम्भव हुने बताए ।

सिँचाइ मन्त्री समेत रहेका झाले सरकारले नारायणी नदीमा सञ्चालन गरेको जनताको तटबन्धन कार्यक्रमलाई प्रथामिकतामा राखेको जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>