समाचारबिहीबार, पौष ११, २०७०

नेकपा मालेबाट को–को छानिए सभासद

हिमालखबर

नेकपा (माले)ले संविधानसभामा पठाउने समानुपातिकतर्फका पाँच जना सभासदको छनौट गरेको छ । नेकपा (माले)को पोलिटब्यूरो बैठकले महासचिव चन्द्रप्रकाश (सिपी) मैनालीसहित पाँच जना सभासद छनौट गरेको हो ।

मालेबाट सभासद हुनेमा महासचिव सिपी मैनाली, केन्द्रीय सदस्यहरु अइन्द्रसुन्दर नेम्बाङ्, शिवचन्द्र चौधरी, कलशा महरा र अखिल नेपाल प्रगतिशील महिला संघकी केन्द्रीय सदस्य कमला विक छन् ।

मालेले संविधानसभामा समानुपातिकतर्फ १ लाख ३० हजार ३०० मत ल्याएको थियो । समानुपातिकतर्फ पाँच सिट ल्याएको मालेले संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ भने कुनै पनि सिट जितेको छैन । मालेले सभासदको नामावली १२ पुसमा निर्वाचन आयोगमा बुझाउने जनाएको छ ।

मालेले शंकर आचार्य र हरिहर थापालाई केन्द्रीय सदस्यमा र इन्दु झा, केदारनाथ दाहाल, माधव सरकार, सुशिला पहाडी र शुकदेव यादवलाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>