थप समाचारबिहीबार, पौष ११, २०७०

१२ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते कागजात बनाई जग्गा नामसारी गर्ने १२ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मृत्यु भइसकेको व्यक्तिको जग्गा किर्ते कागजात बनाई नक्कली व्यक्तिको नाममा नामसारी गर्ने मकवानपुर मालपोत कार्यालयका कर्मचारीसहित १२ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

मालपोत कार्यालयका कर्मचारीहरु रामकृष्ण श्रेष्ठ, शिवराज पौडेल, रामहरी ढकाल, विष्णु अधिकारी, श्याम पोखरेल र भीमफेदी गाविस सचिव तीर्थलाल घिसिङविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा लगाएको हो । यस्तै, मकवानपुरका कुमार श्रेष्ठ, लीलाबहादुर श्रेष्ठ, राजेन्द्र ढकाल, दिवाकर अर्याल, शेखर घिमिरे र पर्वत बर्तौलाविरुद्ध पनि जालसाँजी कार्यमा संलग्न रहेको अभियोगमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

उनीहरुले मकवानपुर, भीमफेदी–२ का स्वर्गीय तीर्थलाल बज्राचार्यको जग्गा किर्ते कागजात बनाई नक्कली व्यक्तिको नाममा नामसारी गरेको अख्तियारको दावी छ । २०५२ सालमै मृत्यु भएका बज्राचार्यको जग्गा ५० लाख रुपैंया बराबरको छ ।

________________________________________________________________

विद्युतका पूर्व स्टोरकिपरविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालिन स्टोरकिपर अर्जुनबहादुर केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल विद्युत प्राधिकरण, रत्नपार्क वितरण केन्द्रका पूर्व स्टोरकिपर अर्जुन बहादुर केसीले आफ्नो ओहदामा रहँदा संस्थाको सम्पत्तिको बदनियतपूर्वक हिनामिना गरी रु. ५४ लाख ४८ हजार ६६४ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले ११ पुसमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले केसीलाई उक्त ऐनको दफा ३ उपदफा ९१० को खण्ड ९ ज० मा व्यवस्थित सजाय र दफा ३९१० वमोजिम विगो बमोजिमको जरिवाना साथै दफा १७ वमोजिम हिनामिना तथा नोक्सानी पारेको रकम बरावरको सम्पत्ती असुल गर्न आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>