समाचारबिहीबार, साउन ११, २०६९

एमाओवादीले दलहरूसँगको वार्तालाई तीव्रता दिने

हिमालखबर

पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा ११ साउनमा बसेको बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बैठकले तीन दलको छलफल र वार्तालाई तीव्रता दिने र सहमति कायम गर्न अघि बढ्ने निर्णय गरेको जानकारी दिए । उनले दलहरुबीच अनौपचारिक र औपचारिक बैठक निरन्तर बस्ने भएकाले पार्टी अध्यक्ष र पदाधिकारीको कार्यव्यस्तताका कारण महाधिवेशन तयारी आयोजक समितिको बैठक यही साउन १७ गते बस्ने बताए ।

पार्टी अध्यक्ष दाहालको सभापतित्वमा बसेको बैठकमा विस्तारित बैठकले दिएको निर्देशनलाई कार्यान्वयन गर्ने विषयमा छलफल भएको नेता श्रेष्ठले जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>