समाचारबिहीबार, पौष ११, २०७०
सांगठनिक कमजोरीले हारियोः एमाओवादी बैठक
एमाओवादीका पूर्व पोलिटब्युरो सदस्यहरुको ११ पुसमा बसेको बैठकले निश्चित मापदण्ड बनाएर आन्तरिक प्रतिष्पर्धा नगरेरसम्म पार्टी सुदृढीकरण नहुने बताएका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा बोल्ने सदस्यहरुले संगठन कम्जोर भएकाले संविधानसभा निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको धारणा राख्दै संगठन प्रभावकारी बनाउन हरेक निकायमा आन्तरिक प्रतिष्पर्धा गर्नुपर्ने सुझाव दिएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्नी सापकोटाले केन्द्रिय सदस्यको संख्या तोकेर आन्तरिक प्रतिष्पर्धा गराउन नेतृत्वलाई सुझाव दिएको बताए ।
बैठकमा समानुपातिक सूची बनाउँदा मापदण्ड तयार पार्न पनि सदस्यहरुले सुझाव दिएका छन् । उनीहरुले पार्टीलाई योगदान गरेका र विभिन्न क्षेत्रलाई समेटे पनि प्रभावकारी भूमिका निर्वाह गर्नेलाई मात्र संविधानसभामा पठाउन सुझाव दिएका छन् ।
बैठक १२ पुस बिहान फेरि बस्नेछ ।
