समाचारशुक्रबार, पौष १२, २०७०
अदालत स्वतन्त्र छः कामु प्रधानन्यायाधीश
ललितपुरमा १२ पुसमा कानून व्यवसायी क्लवद्वारा आयोजित कार्यक्रममा बोल्दै कामु प्रधानन्यायाधिश दामोदर शर्माले दलहरुले बहालवाला प्रधानन्यायधीशलाई सरकार प्रमुख बनाए पनि अदालतको वर्तमान अवस्था लाई स्वतन्त्र रुपमा मुल्यांकन गरिनुपर्ने जिकिर गरेका छन् ।
‘संविधान विशेष’ कानून पुस्तकको विमोचन गर्दै कामु प्रधानन्यायाधीश शर्माले मुलुकलाई निकास दिने विकल्पलाई गलत रुपमा व्याख्या गर्न नहुने समेत बताए ।
उनले मुलुकलाई निकास दिनका लागि राज्यका सम्पूर्ण न्यायिक निकायले प्रभावकारी भूमिका निर्वाह गरेको दावी गर्दै अब बन्ने संविधानले स्वतन्त्र न्यायपालीकाको व्यवस्थालाई कायमै राख्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विगठित संविधानसभामा संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले दलहरुले नया“ बन्ने संविधानको ‘मोडालिटी’ तयार गरेर अघि नबढे फेरि पनि संविधान निर्माण असम्भव हुने ठोकुवा गरे ।
कार्यक्रममा नेपाल बार एशोसिएसनका उपाध्यक्ष टिकाराम भट्टराईले दलहरुले चार बु“दे सहमति गरेर जनमतको अपमान गरेको आरोप लगाउँदै संविधानसभालाई गैर संवैधानिक निकायबाट नियन्त्रण गर्न खोजेको बताए ।
वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले दलहरुले राजनीतिक समिति बनाउने सहमति गरकाले फेरि पनि संविधान बन्नेमा आशंका उत्पन्न भएको टिप्पणी गरेका थिए ।
