थप समाचारशुक्रबार, पौष १२, २०७०

नवदेवी सम्मान नाै महिलालाई

हिमालखबर

सन् २०११ को नवदेवी सम्मानबाट सम्मानित मोहना अन्सारी

सामाजिक परिवर्तनका लागि उदाहरणीय काम गरेका महिलालाई सम्मान र थप प्रोत्साहनका लागि सम्मानित गरिने ‘सेलिब्रेटिङ्ग वुमनहुड नवदेवी सम्मान’ की संयोजक सृजना सिंह योञ्जनले जानकारी दिईन् ।

अभियानले शिक्षा, कला, सामाजिक, सेवा, सञ्चार, स्वास्थ्य, खेलकुद, निजामति, वातावरण तथा व्यवसायी क्षेत्रमा क्रियाशिल महिलालाई सम्मान गर्दै आएको छ ।

शक्तिको रुपमा पूजिने नवदुर्गाहरुबाट प्रेरित भई नौवटा देवीहरु अन्नपूर्णा, भगवती, भवानी, दुर्गा, करुणा, लक्ष्मी, महामाया, सरस्वती र शक्तिका नाममा सम्मान प्रदान गरिने योञ्जनले बताइन् ।

नवदेवी सम्मान २०७० को निर्णायक मण्डलमा नेपाली टाइम्सका प्रकाशक तथा प्रधान सम्पादक कुन्द दिक्षीत, माइति नेपालका अध्यक्ष अनुराधा कोईराला, सञ्चारिका समुहका अध्यक्ष निर्मला शर्मा, समाजसेवि इन्दिरा रानामगर र प्रहरी वरिष्ठ उपरिक्षक देवेन्द्र सुवेदी रहेका छन् ।

१२ औं नवदेवी सम्मानका लागि बर्जर पेन्टस लगाएतका आठवटा संस्थाले सहयोग गर्ने भएका छन् ।

सन्. २०११ मा विष्णु थकाली, निता सापकोटा, मैयाँ विसंखे, मोहना अन्सारी, सविता राई, ओमदेवी मल्ल जोशी, प्रतिभा सुवेदी, हरिदेवी कोइराला, राज्यलक्ष्मी नकर्मी, कान्छी गोले सम्मानित भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>