समाचारशुक्रबार, पौष १२, २०७०

राप्रपामा समानुपातिकका दश सभासद को–को ?

हिमालखबर

संविधानसभामा १० सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फको सभासदको नाम तय गरेको छ । राप्रपाको उच्चस्तरीय कार्य सम्पादन समितिले १२ पुसमा सभासदको नाम तय गरेको हो ।

राप्रपाबाट सभासद हुनेमा अध्यक्ष सूर्यबहादुर थापा, केन्द्रीय सदस्य जयन्त चन्द, सरोजा शर्मा, इस्तियाक अहमद खान, लक्ष्मी थापा पासवान, रमेश लामा, अनन्ती पन्त, पर्शुराम तामाङ, गीता सिंह र राज्यलक्ष्मी श्रेष्ठ छन् ।

संविधानसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ तीन सिट जितेको थियो । राप्रपाले समानुपातिकतर्फ २ लाख ६० हजार २३४ मत ल्याएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>