समाचारबिहीबार, साउन ११, २०६९
कांग्रेसमा प्रधानमन्त्री को बन्ने भन्ने विवाद छैनः कोइराला
धनगढीमा ११ साउनमा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै सभापति कोइरालाले सबै पार्टीको सहभागितामा गठन हुने राष्ट्रिय सहमतिको सरकारले मात्रै राजनीतिक समस्याहरुको समाधान गर्न सक्ने स्पष्ट पारे । कोइरालाले एमाओवादी र एमालेले दुइ-दुइ पटक सरकारको नेतृत्व गरिसकेको प्रसङ्ग उल्लेख गर्दै अबको राष्ट्रिय सरकारको नेतृत्व गर्न कांग्रेसले पाउनुपर्ने बताए । सरकारको नेतृत्व कसले गर्ने भन्नेमा कांग्रेसभित्र कुनै विवाद नहुने कोइरालाको भनाई छ ।
माओवादी नेतृत्वप्रति लक्ष्यित गर्दै सभापति कोइरालाले एकपछि अर्को गर्दै सम्झौता र सहमतिहरु गर्ने तर कार्यान्वयन नगर्ने उसको रवैयाले मुलुकमा समस्या आएको बताए । माओवादीको धोकाघडीको चाल अब धेरै दिन नचल्ने र उसले प्रजातन्त्रको बाटोमा आउनैपर्ने उनको भनाइ थियो ।
