थप समाचारसोमबार, पौष १५, २०७०

झापामा २ काठ तस्कर पक्राउ

हिमालखबर

काठ तस्करी गरिरहेको अवस्थामा झापा अर्जुनधारा–५ का रामबहादुर चौहन र शिवकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । मे १ त २२९३ नम्बरको ट्रयाक्टरमा साढे ३९ क्यूबिक सखुवाको गोलिया काठसहित उनीहरुलाई १४ पुस राती पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बिर्तामोडतर्फ काठ लगिरहेको अवस्थामा शनिश्चरेबाट उनीहरुलाई प्रहरीले पक्रेको हो । उनीहरु दुवैलाई कारबाहीको लागि काठ र ट्रयााक्टरसहित जिल्ला बन कार्यालय झापामा बुझाइएको प्रहरीले जनाएको छ ।

गोपाल गडतौला, हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>