समाचारमंगलबार, पौष १६, २०७०

३३५ मध्ये १४ सभासदको नाम आयोगमा पुगेन

हिमालखबर

आयोगले तेस्रो पटक थपेको म्याद अर्थात १५ पुस भित्र नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी सहित २७ दलले समानुपातिकको सूचि बुझाएका हुन ।  २७ दलबाट जम्मा ३२१ सभासदको नाम सिफारिस भएको छ ।

मधेसी जनअधिकार फोरम(मजफो), नेपाल (लोकतान्त्रिक), राष्ट्रिय जनमुक्ति पार्टी, मजफो (गणतान्त्रिक), तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी नेपाल,  दलित जनजाति पार्टी, समाजवादी जनता पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपालले आयोगमा नामावली पठाएका छन् ।
यस्तै सूचि बुझाउनेमा नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, जनजागरण पार्टी नेपाल, नेपाः राष्ट्रिय पार्टी, अखण्ड नेपाल पार्टी, थरुहट तराई पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट), मधेस समता पार्टी नेपाल, नेकपा (संयुक्त), नेकपा(माले), नेकपा(एमाले) र राप्रपा छन् ।

नबुझाउने तीन दिल

समानुपातिकतर्फको नामावली नबुझाउनेमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, अशोक राईको सङ्घीय समाजवादी पार्टी, नेपाल  र अनिल झाको सङ्घीय सद्भावना पार्टी छन् ।
फोरमले ८, संघीय समाजवादीले पाँच र संघीय सद्भावनाले एक सिट जितेको  थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>