समाचारमंगलबार, पौष १६, २०७०

एमाओवादी कार्यालयमा कार्यकर्ताद्वारा आगजनी

हिमालखबर

पार्टीले समानुपातिकतर्फका सभासद सिफरिस गर्दा पार्टीका लागि त्याग र वलिदान गरेकालाई बेवास्ता गरेको जिल्लाबाट एकजनालाई पनि सभासदमा सिफारिस नगरेको भन्दै एमाओवादी कार्यकर्ताले धादिङको पार्टी कार्यालयका फर्निचर र बोर्डमा आगजनी गरेका छन् ।

पार्टीका लागि जीवनभर सङ्घर्ष गरेका रामबहादुर भण्डारीलाई सभासद्मा सिफारिस नगरी नाम नै नसुनिएका र कुनै योगदान नभएकालाई सभासद् बनाएकाले विरोधस्वरुप आगजनी गरेको उनीहरुले बताएका छन् ।

वाईसीएल क्षेत्र नं। २ का अध्यक्ष राजेश अधिकारी र सचिव अमृत तामाङद्धारा हस्ताक्षरीत विज्ञप्तीमा समानुपातिकमा जिल्लाबाट शहीद परिवारको प्रतिनिधित्व हुनुपर्ने, जिल्ला अधिवेशन तत्काल गरिनुपर्ने माग राखिएको छ ।

एमाओवादीका पूर्व जिल्ला इन्चार्ज रामबहादुर भण्डारीले पार्टीले आर्थिक र पारिवारिकरुपमा सम्पन्न मानिएका पूर्व आईजीपी रविन्द्रप्रताप शाहलाई समानुपातिक सभासदमा सिफारिस गरेकोमा कार्यकर्ताहरु आक्रोशित भएको बताएका छन् ।

धादिङवेसी सुगमटोलस्थित पार्टी कार्यालयको फर्निचर र बोर्ड निकाली कार्यालय प्राङ्गणमै आगजनी गरेका कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>