थप समाचारमंगलबार, पौष १६, २०७०
सन् २०१३ मा १०८ पत्रकार मारिए
समाचार संकलन एवम् सम्प्रेषणकै क्रममा विश्वभरमा सन् २०१३ मा १०८ जना पत्रकार मारिएको अन्तर्राष्ट्रिय पत्रकार संघ (आइएफजे) ले जनाएको छ ।
यसरी मारिने पत्रकारहरुमध्ये अधिकांश सिरिया र इराकमा मारिएका छन् ।
पत्रकारहरुको हत्या सन् २०१२ को तुलनामा १० प्रतिशतले कमी आएको पनि आइएफजेले उल्लेख गरेको छ ।
आइएफजेले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, “यो हत्याको प्रकृति एकदमै अकल्पनीय रहेकोले उक्त अवस्थाको नियन्त्रण गरी पत्रकारहरुको जीवन रक्षाको लागि सबैको पहल जरुरी छ ।”
यसरी मारिएका पत्रकारहरु एशिया तथा प्यासिफिक क्षेत्रका २९ प्रतिशत छन् भने मध्यपूर्वी क्षेत्रका अरब राष्ट्रहरुका २७ प्रतिशत छन् ।
सन् २०१३ मा सबैभन्दा धेरै पत्रकार सिरियामा (१५ जना) मारिएका छन् भने इराकमा १३ जना पत्रकार मारिएका छन् ।
त्यसैगरी पाकिस्तान, फिलिपिन्स र भारतमा दश दशजना, सोमालियामा सात र इजिप्टमा ६ जना पत्रकार मारिएको पनि आइएफजेको विज्ञप्तिमा उल्लेख छ ।
एएफपी
