समाचारमंगलबार, पौष १६, २०७०
सहमतिमा सरकार बन्ने रेग्मीको विश्वास
मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मन्त्रिपरिषद अध्यक्ष रेग्मी र अमेरिकी राजदूत पिटर बोडेबीच नेपाल–अमेरिका सम्बन्धका साथै समसामयिक विषयमा छलफल भएको थियो ।
चाँडै संविधानसभा बैठक बसेर सबै पक्षको सहमतिमा नयाँ सरकार बन्ने र त्यसले देशलाई नयाँ संविधान दिने विश्वास अध्यक्ष रेग्मीले व्यक्त गरेकोे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महेन्द्रकुमार थापाले बताए ।
जनमतको कदर गर्न सुझाव
यसैबीच अध्यक्ष रेग्मीले जनमतको कदर गर्दै एक वर्षभित्र संविधान निर्माण गर्न दलहरुलाई सुझाव दिएका छन् ।
३८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काठमाडौंको सुन्दरीजलमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले संविधान निर्माणमा अलमल नगर्न दलहरुलाई सुझाव दिएका हुन् ।
उनले बीपी कोइरालाले लिएको नीतिबाट प्रेरणा लिएर दलहरु अघि बढ्न सके मुलुकले चा“डै निकास पाउने बताए । कार्यक्रममा नेपाली कांग्रेसका शीर्ष नेताहरु भने सहभागी थिएनन् ।
