थप समाचारबुधबार, पौष १७, २०७०
संघीय समाजवादीले समानुपातिकको टुंगो लगायो (नामावली सहित)
संघीय समाजवादीले १७ पुसमा निर्वाचन आयोगमा नाम बुझाउन जान लागेको संघीय प्रेस युनियनका अध्यक्ष गोविन्द छन्त्यालले जानकारी दिए । सूचीमा पार्टी अध्यक्ष अशोक राई(उदयपुर), डिबी नेपाली(कास्की), राधा तिमिल्सिना(ललितपुर), उर्मिलादेवि साह(धनुषा) र कादिम सिद्धीकी(वर्दिया) परेका छन् ।
समानुपातिकको सूची बुझाउने म्याद आयोगले १५ पुस तोकेपनि कसलाई सभासद बनाउने भन्ने विवादका कारण आज मात्रै सूचि बुझाउन लागेको हो । एक लाख २१ हजार २७४ मत ल्याएर समानुपातिकमा पाँच सिट जितेको संघीय समाजवादीले प्रत्यक्षमा भने एक सिट पनि जित्न सकेन ।
संघीय समाजवादीका उपमहासचिव अजम्बर काङमाङ राईलगायतका नेताहरूले भने पार्टी अध्यक्ष राई अहिले सभासद बन्न नहुने अडान लिएका थिए । उनीहरूले एमाओवादीको मोर्चामा बस्न नुहने तर्क राख्दै आएका छन् ।
