समाचारशुक्रबार, साउन १२, २०६९
पूर्वप्रधानमन्त्री खनालद्वारा सुविधाको गाडी फिर्ता
पूर्वप्रधानमन्त्री खनालका स्वकीय सचिव रामबाबु अधिकारीले १२ साउनमा एक विज्ञप्तिमार्फत गाडी फिर्ता गरेको जनाएका हुन् । अधिकारीका अनुसार बा६च १०२६ नम्बरको प्राडो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुझाइएको छ ।
खनालले गाडीबाहेक अन्य सुविधा नलिएको अधिकारीले जानकारी दिएका छन् । कामचलाउ सरकारले अध्यादेशमार्फत पूर्वपदाधिकारीलाई आजीवन सेवा सुविधा दिन लागेको विषयमा विभिन्न किसिमका टीकाटिप्पणी भएकोप्रति एमालेको ध्यानाकर्षा भएको विज्ञप्तिमा उल्लेख छ ।
११ साउनमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पूर्वप्रधानमन्त्री र कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई पूर्वसभामुखको रुपमा प्राप्त गाडी फिर्ता गरिसकेका छन् । यसअघि सातौं विस्तारित बैठकमा चर्को आलोचना भएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रयोग गर्दै आएको बा६च १०२९ नम्बरको प्राडो फिर्ता गरिसकेका छन् ।
