समाचारबुधबार, पौष १७, २०७०

कैलाली- कांग्रेस र एमाले कार्यालयमा तालाबन्दी

हिमालखबर

नेपाल महिला सङ्घकी कैलाली जिल्ला अध्यक्ष कुन्तिदेवी चटौतलगायत असन्तुष्ट महिला कार्यकर्ताले कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । सभासद् छनोटमा लामो समयदेखि पार्टीका लागि त्याग गरेका महिलालाई उपेक्षा गरिएको भन्दै उनीहरुले समानुपातिकतर्फको सिफरिस सूची सच्याउनुपर्नेे माग गरेका छन् ।

प्रत्यक्षतर्फको निर्वाचनमा कैलालीका ६ निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचनमा विजयी भएको काँग्रेसले समानुपातिकमा एक महिला र दुई पुरुषलाई सभासद् बनाउन निर्वाचन आयोगमा सूची बुझाएको समाचार सार्वजनिक भएसँगै स्थानीय महिला कार्यकर्ताहरु आक्रोशित भएका हुन् ।

एमाले कैलालीमा पनि तालाबन्दी

दोस्रो ठूलो दल नेकपा एमालेमा पनि समानुपातिक सभासद् छनोटको विषयलाई लिएर व्यापक असन्तुष्टि बढेको छ । प्रत्यक्षमा एक क्षेत्रमा विजयी एमालेले समानुपातिकमा कैलालीबाट एक जना महिलालाई मात्र सभासद् बनाएकोमा आक्रोशित हुँदै स्थानीय कार्यकर्ताले पार्टी कार्यालयमा तालबन्दी गरेका छन् ।

यसैगरी प्रत्यक्षमा एक क्षेत्रमा मात्र विजयी भएको एमाओवादीले समानुपातिकमा कैलालीबाट एक जना मात्रै पुरुष सभासद् बनाएपछि सो पार्टीमा पनि असन्तुष्टि देखिएको छ ।

दुई क्षेत्रबाट प्रत्यक्षमा विजयी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले भने कैलालीबाट समानुपातिकमा एक जना पनि सभासद् बनाएको छैन ।

प्रत्यक्षमा एक सीट पनि नजितेको राप्रपा नेपालले भने समानुपातिकमा जिल्लाबाट एक महिलालाई सभासद् बनाउन निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>