थप समाचारबुधबार, पौष १७, २०७०
माईती नेपालद्वारा १११ जनाको उद्दार
माईती नेपालको वीरगञ्जस्थित ट्रान्जिट होमले सन् २०१३ को जनवरीदेखि डिसेम्बरसम्ममा १११ जना महिला तथा बालबालिकाको उद्दार गरेको छ । भारतमा बेच्न लगिएका २६ महिलासहित १११ जनाको उद्दार गरेको माईती नेपालले जनाएको छ ।
माईती नेपालले भारतको पूर्वीचम्पारणको डुवाह गाउँ, मोतीहारी, आधापुर, दिल्ली, बँगलुरु, कोलकाता, सुगौली, गाजियावाद लगायतका ठाउँबाट महिला तथा बालबालिका उद्दार गरेको छ । सन् २०१३ मा खोजीका लागि निवेदन परेका ९२ मध्ये ३० जनालाई फेला पारेको माईती नेपालले जनाएको छ ।
उद्दार गरिएकामध्ये ५९ जनालाई माईती नेपालको कार्यालयमा राखिएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
