थप समाचारबुधबार, पौष १७, २०७०

नेपाललाई फ्री वाइफाइ जोन बनाउन कार्यदल गठन

हिमालखबर

नेपाललाई फ्री वाइफाइ जोनका रुपमा विकास गर्ने सूचना तथा सन्चारमन्त्री माधव पौडेलको घोषणाअनुरुप मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका सदस्य महेश अधिकारीको संयोजकत्वमा गठित कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्राविधिक उपसचिव, राष्ट्रिय योजना आयोगका प्राविधिक उपसचिव, विज्ञान तथा प्रविधि मन्त्रालयका प्राविधिक उपसचिव, सूचना तथा सञ्चार मन्त्रालयका प्राविधिक उपसचिव र त्रिभुवन विश्वविद्यालयका सम्बन्धित विषयका विज्ञ रहेका छन् ।

मन्त्रालयका अनुसार कार्यदलको सदस्य सचिवमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाललाई नियुक्त गरिएको छ ।

कार्यदलले काम शुरु गरेको ३० दिनभित्र नेपाललाई फ्री वाइफाइ जोनका रुपमा विकास गर्ने सम्बन्धमा आफ्नो राय र सुझाव सहितको प्रतिवेदन पेस गर्नेछ ।

कार्यदललाई मुलुकलाई फ्री वाइफाइ जोनका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरी त्यसका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक स्रोत साधनको विश्लेषणसमेत गरी आवश्यक सुझाव पेस गर्ने अधिकार दिइएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>