समाचारबिहीबार, पौष १८, २०७०

सुनसरीमा ट्रक र जीप जुध्दा दशको मृत्यु

हिमालखबर

सुनसरीको भन्टाबारीमा १७ पुस राति पौने ९ बजे टाटा सफारी जीप र ट्रक जुध्दा सिरहा मिर्चैयाका ज्ञानकुमार साह, संजीव साह, मुकेश गुप्ता, रितेश साह, रामेश्वर साह, मोहन थपलिया, श्यामकुमार साह, सिरहा धनगढीका वीरेन्द्र साह, रामनगरका सन्तोष नायक र राजाराम साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मिर्चैया– ७ का ज्ञानकुमार महतोको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालयले  विपरीत दिशाका गाडी एक आपसमा जुध्दा दुर्घटना भएको जनाएको छ ।

राति १० बजेपछि मात्र मर्नेहरूको सनाखत भएको थियो । प्रहरीका अनुसार ईलामबाट बनभोज खाएर आउँदै गरेको बा ८ च ४९८० नम्बरको सफारी जीप र पश्चिमबाट पूर्व आउँदै गरेको ना२ख ८८३१ नम्बरको ट्रक जुध्दा दुर्घटना भएको हो ।

कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>