थप समाचारबिहीबार, पौष १८, २०७०

कर्णालीबाट भागेका छैनौं: जिएमआर

हिमालखबर

भारतीय सञ्चार माध्यमहरुमा जिएमआर माथिल्लो कर्णाली परियोजना छाडेर नेपालबाट बाहिरिन लागेको भन्ने समाचार सार्वजनिक गरेपछि भारतीय निर्माण कम्पनी जिएमआरले उक्त समाचार आधारहीन भन्दै खण्डन गरेको छ ।

नयाँदिल्लीस्थित कम्पनीको प्रधान कार्यालयले १७ पुस राति अबेर जारी गरेको विज्ञप्तिमा भनिएको छ–“हालै विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्तीय निगम (आइएफसी)सँग उक्त आयोजनामा संयुक्त विकास सम्झौता भएको छ, जुन परियोजनालाई द्रुत गतिमा अघि बढाउने दिशामा महत्वपूर्ण कदम हो ।”

परियोजनासम्बन्धी अन्य कपोलकल्पित समाचारको खण्डन वा टिप्पणी गर्नु नपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि नेपाल सरकार र जिएमआरबीच १० माघ २०६४ मा सम्झौता भएको थियो ।

नेकपा–माओवादीले उक्त आयोजनाको विरोध गर्दै ०६८ जेठमा जीएमआरका कर्मचारीलाई थुनेर पाल्तडास्थित फिल्ड कार्यालयमा आगजनी गरेपछि आयोजनाको सुरक्षामा सेना खटाइएको थियो।

यद्यपि स्थानीय बासिन्दाहरुले आयोजनाको समर्थन गर्दै विरोध गर्नेहरुलाई लखेटेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>