थप समाचारशुक्रबार, पौष १९, २०७०

राप्रपा नेपालका ५ केन्द्रीय सदस्य निष्काशित

हिमालखबर

राप्रपा नेपालले पार्टी हित विपरितको गतिविधि गरेको भन्दै पाँच जना केन्द्रीय सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ । राप्रपा नेपालले १९ पुसमा राजधानीमा पत्रकार सम्मेलन गरेर बालकृष्ण न्यौपाने, श्याम तिमिल्सिना, गणेश शेरचन, शास्त्रदत्त पन्त र बद्रिबहादुर केसीलाई निष्काशन गरेको जनाएको छ ।

उनीहरुले पार्टी टुक्राउन सक्रिय भूमिका खेलेकाले निष्काशित गरेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताए ।

राप्रपा नेपालले थप ६ जना केन्द्रीय सदस्यलाई भने आत्मालोचना गर्न अल्टिमेटम दिएको छ । पार्टी टुक्राउन प्रयास गर्ने प्रल्हाद शाह, घनेन्द्र सुब्बा, रुपसिंह थापा, रमेश श्रेष्ठ, दशरथ जोशी र टेकनारायण राजवंशीलाई २५ पुसभित्र आत्मालोचना गर्न अल्टिमेटम दिएको थापाले जानकारी दिए ।

उनले भने, “२५ पुसभित्र आत्मालोचना गरेनन् भने उनीहरु २६ पुसदेखि स्वतः पार्टीबाट निष्काशित हुने छन् ।” तर, पार्टीमा आत्मालोचना गरेकाले टंक ढकाल र राजाराम श्रेष्ठलाई भने कुनै कारबाही नगरिएको थापाको भनाइ छ ।

राप्रपा नेपालले आउँदो वर्षको जेठमा महाधिवेशन गर्ने भएको छ । २-४ जेठमा महाधिवेशन गर्ने निर्णय गरेको राप्रपा नेपालले जनाएको छ । महाधिवेशनको ठाउँ भने पछि तोकिनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>