थप समाचारशुक्रबार, पौष १९, २०७०
संविधानसभाको बैठक राष्ट्रप्रमुखले डाक्नु पर्छ: नेता नेपाल
पर्साको रामगढवामा नवनिर्वाचित सभासदलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले राष्ट्रपति वा मन्त्रिपरिषदका अध्यक्षमध्ये कसले संविधान सभा बैठक बोलाउने भन्ने विषयमा अनावश्यक विवाद नगर्न सुझाव दिंदै राष्ट्रप्रमुखले नै बैठक डाक्नुपर्ने बताएका छन् ।
नेता नेपालले भने “अहिले सबैको ध्यान यही विषयमा केन्द्रित छ तर, बैठक कसले बोलाउने भन्दापनि कस्तो खालको नजिर बसाल्ने भन्ने महत्वपूर्ण हो । ”
बिम्मी शर्मा, वीरगञ्ज
