थप समाचारशुक्रबार, पौष १९, २०७०
भिओआइपी सञ्चालन गर्ने बङ्गलादेशी नागरिक पक्राउ
गैरकानूनी रुपमा ‘भ्वाइस ओभर इन्टरनेट प्रोटोकल’ (भिओआइपी) सञ्चालन गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले एक जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका–३ लोसाल जनमार्गस्थित गीताकुमारी जोशीको घर भाडामा लिएर ‘कल बाइपास’ गरेको अभियोगमा गएराति बङ्गलादेशका नागरिक तबराकुल इस्लामलाई पक्राउ गरेको हो ।
ब्युरोले १९ पुसमा जारी गरेको प्रेस विज्ञप्तिअनुसार अवैध ढङ्गले भिओआइपी सञ्चालन गरेको अभियोगमा हालसम्म ८८ जना स्वदेशी र २१ जना विदेशी गरी १०९ जनालाई पक्राउ गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको छ । पक्राउ परेका विदेशीमा १८ जना बङ्गलादेशका नागरिक छन् ।
अभियुक्तहरूबिरुद्ध रु ११ अर्ब २८ करोड ८९ लाख ५८ हजार ७६३ बिगो दाबी लिई मुद्दा दायर गरिएको जनाइएको छ ।
