थप समाचारशुक्रबार, पौष १९, २०७०

एक्यापमा अख्तियारको छापा

हिमालखबर

एक्यापले आर्थिक वर्ष ६९/७० मा सामान खरिद तथा मर्मतमा आर्थिक अनियमितता गरेको उजुरीको आधारमा १९ पुसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हरियो खर्कमा रहेको कार्यालयमा छापा मारेको छ ।

अनुसन्धानको लागि एक्याप कार्यालयबाट समान खरिद सम्वन्धी कागजपत्र नियन्त्रण लिइएको अख्तियारका क्षेत्रीय कार्यालय प्रवक्ता सरिता खतिवडाले जानकारी दिईन् ।

एक्यापले मेसीनरी समान खरिद गर्दा प्रक्रिया नपुर्‍याई खरिद गरेर अनियमितता गरेको उजुरी अख्तियारमा परेपछि छापा मारिएको क्षेत्रीय कार्यालयले जनाएको छ ।

गत असोजमा पोखरामा अख्तियारको कार्यालय स्थापना भएपछि सरकारी कार्यालयमा हुने गरेका अनियमिताको बारेमा अख्तियारमा उजुरी पर्ने गरेका छन् ।

माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>