समाचारशुक्रबार, पौष १९, २०७०
फेसबुक ठूलो विश्वविद्यालय: भट्टराई
फेसबुकमा १९ पुस राति टिप्पणी लेख्दै एमाओवादी नेता बाबुराम भट्टराईले सामाजिक सञ्जाल ठूलो विश्वविद्यालय भएको भन्दै उच्च तहको राजनीतिक नेतृत्व सार्वजनिक निगरानीबाट टाढा रहने प्रवृत्तिले नै राजनीतिक विकृति पैदा हुने दाबी गरेका छन् ।
फेसबुकमा अपडेट गरिएको भट्टराईको स्टाटसमा लेखिएको छ, “हामीजस्ता राज्यको उच्चतहमा पुगिसकेका व्यक्तिले सामाजिक सञ्जालमा उपस्थित हुनु र सार्वजनिक आलोचना खेप्नु त्यती उपयुक्त हुन्न भन्ने कतिपय मित्रहरुको सुझाव रहने गरेको छ । तर म त्यो भनाईसँग सहमत हुन सक्दिनँ । ”
उनले लेखेका छन्, “त्यसैले सामाजिक संजालबाट नभागौं, यसलाई सामना गर्ने साहस गरौं । यो एउटा ठूलो विश्वविद्यालय हो । बरु आलोचना सिर्जनात्मक ढंगले गरौं र भाषा मर्यादित र शिष्ट प्रयोग गरौं । ”

