थप समाचारआइतबार, पौष २१, २०७०

वृद्धाश्रमबाटै बृद्धा निकालिए

हिमालखबर

नेपालगन्ज–१३ स्थित भेरी वृद्धाश्रममा महिनौदेखि आश्रय लिइरहेका दुईजना अत्यन्तै अशक्त वृद्धालाई आश्रमका अध्यक्ष युवराज शर्माले अशक्त भन्दै १९ पुस अपराह्न आश्रमबाट निकालेका हुन् ।

शीतलहर, बाक्लो कुहिरो र तीन दिनदेखि घामसमेत नलागेको अवस्थामा नेपालगन्ज बजारको फुटपाथमा चिसोले छटपटाइरहेका आफ्नो नामसमेत उच्चारण गर्न नसक्ने ती वृद्धालाई कठ्याङ्ग्रिएको अवस्थामा नागरिकले देखेपछि त्यो रहस्योद्घाटन भएको हो ।

नेपालगन्जस्थित ट्याक्टर व्यवसायी समितिको कार्यालयको पिँढीमा वृद्धाहरुलाई त्यहाँका स्थानीय बासिन्दाले भेटेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेम बस्नेतले तत्काल वृद्धाश्रमका अध्यक्ष शर्मालाई अनुनय–विनय गर्दासमेत उनले शुरुमा आनाकानी गरेपछि प्रहरी र स्थानीय बासिन्दाको दबाबपछि ती वृद्धालाई पुनः आश्रम पु¥याइएको छ ।

“आप्mनो सरसफाई आपैmँले गर्न नसकेको भन्दै उनीहरुलाई यसअघि पनि स्थानीय बागेश्वरी मन्दिरको पिँढीमा बस्न अध्यक्ष शर्माले निकालेका थिए, त्यस बखत पनि प्रहरीले नै उनीहरुलाई आश्रम पु¥याएको थियो,” आश्रमका छिमेकीहरु बताउँछन् ।

विभिन्न दाताको सहयोगमा खोलिएको वृद्धाश्रमका अध्यक्ष शर्माले वृद्धवृद्धालाई गरेको यस्तो व्यवहारलाई मानवअधिकारकर्मीहरुले ‘ अमानवीय’ भनी टिप्पणी गरेका छन् ।

‘वृद्धवृद्धालाई यो वा त्यो कुनै पनि बहानामा आश्रमबाट निकाल्नु दानवीय प्रवृत्ति हो, हामी यसमा अत्यन्त संवेदनशील छौँ, यस विषयमा अनुगमन लगायतका कारबाही प्रक्रिया अघि बढाइन्छ”—मानवअधिकारवादी संस्था इन्सेकका क्षेत्रीय संयोजक भोला महतले भने ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>