समाचारआइतबार, पौष २१, २०७०
संविधानसभा र सरकार गठनबारे कोइराला र नेपालबीच छलफल
नेपाली कांग्रेसका सभापति कोइराला र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच २१ पुसमा संविधानसभाको बैठक आह्वान र सहमतीय सरकार गठनका विषयमा छलफल भएको छ ।
नेता नेपालको निवास कोटेश्वर पुगेका सभापति कोइरालाले राजनीतिक दलहरुबीच देखिएका विवाद समाधान गरेर संविधानसभाको बैठक आह्वान गरी सरकार निर्माण गर्ने विषयमा छलफल भएको बताए ।
त्यस क्रममा नेपालले संविधानअनुसार नै संविधानसभाको बैठक आह्वान गर्नुपर्ने भन्दै पहिलो संविधानसभा विघटनपछि राष्ट्रपतिको समेत समयावधि समाप्त भएको कोइरालालाई बताएका थिए ।
उनले सभापति कोइरालास“ग समयमै संविधान जारी गर्नका लागि कांग्रेस र एमालेबीच सहमति हुने पर्ने भन्दै स्थानीय निकायको निर्वाचन सकेसम्म छिटो गर्ने कोइरालालाई सुझाएको पनि जानकारी दिए ।
संविधानसभाको पहिलो बैठक कसले आह्वान गर्ने भन्ने बारेमा परेको रिट अदालतमा विचाराधिन भए पनि कांग्रेस सभापति कोइरालाले राष्ट्रपतिले नै आह्वान गर्नुपर्ने पक्षमा लविङ गरिरहेका छन् भने एमालेले संविधान अनुसार जाने हो भने मन्त्रिपरिषद अध्यक्षले बोलाउनु पर्ने, अन्तर्राष्ट्रिय परम्परा र लोकतान्त्रिक विधि अनुसार अघि बढ्ने हो भने राष्ट्रपतिको नयाँ निर्वाचन हुनु पर्ने धारणा राख्दै आएको छ ।
