समाचारआइतबार, पौष २१, २०७०
राष्ट्रपतिको नेताहरुसँग छलफल जारी
मन्त्रिपरिषद अध्यक्षसहित प्रमुख दलका नेताहरुसँग छलफल गरिसकेका राष्ट्रपति रामवरण यादवले राष्ट्रप्रमुखका हैसियतले आफूले नै संविधानसभाको बैठक बोलाउन पाउनु पर्ने भन्दै साना दलका नेताहरुसँग पनि छलफल गरेका छन् ।
राष्ट्रपति यादवले २१ पुसमा समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, मधेशी जनअधिकार फोरम गणतान्त्रिका अध्यक्ष राजकिशोर यादव, नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह, नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष केशवमान शाक्य, मधेश समता पार्टीका अध्यक्ष मेघराज निसाध, संघीय लोकतान्त्रिक थरुहट मञ्चकी अध्यक्ष रुक्मिणी चौधरी, जनजागरण पार्टी नेपालका अध्यक्ष लोकमणि ढकाल र संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झास“ग सामूहिक छलफल गरेका हुन् ।
त्यस क्रममा उनले जनतालाई निराश हुन नदिन संविधानसभाको बैठक तत्काल आह्वान गरेर संविधान लेखनको कार्य प्रारम्भ गर्न सुझाव समेत दिएको नेताहरुले बताए ।
राष्ट्रपति यादवले केही दिनदेखि राजनीतिक दलका नेताहरुलाई आफ्नै कार्यालयमा बोलाएर परमार्श गरिरहेका छन् ।
