समाचारआइतबार, पौष २१, २०७०

उरास कायम राख्नु आपत्तिजनकः विजुक्छे

हिमालखबर

२१ पुसमा राष्ट्रपति रामवरण यादवसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले चार दलले राजनीतिक समितिका नाममा फेरि आफ्नै सिण्डिकेट चलाउन खोजेको बताएका छन् ।

उनले भने, “केही दलले राजनीतिक संयन्त्रका नाममा असंवैधानिक तरिकाले देश चलाउन खोज्नु आपत्तिजनक छ ।” उनले राजनीतिक समितिको निर्णय मान्न आफू वाध्य नभएको पनि बताए ।

बिजुक्छेले राष्ट्रपतिसमक्ष पनि चार दलको कामकारवाहीबारे असन्तुष्टि व्यक्त गरेका थिए ।

भेटमा राष्ट्रपतिले दलहरुले छिटो सहमति कायम गरी संविधानसभामार्फत संविधान लेखनको काम अघि बढाउन आग्रह गरेको अध्यक्ष बिजुक्छेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>