समाचारआइतबार, साउन १४, २०६९
वरिष्ठ सञ्चारकर्मी गिरीको निधन
क्यान्सर रोगका विरामी गिरीको १४ साउन विहान निधन भएको हो । ६२ वर्षीय गिरीको राजधानीस्थित ओम अस्पतालमा उपचार भईरहेको थियो ।
आफ्नो करिअरको धेरै समय नेपाल टेलिभिजन र रेडियो नेपालमा बिताएका गिरीपछिल्लो समय नीजि टेलिभिजन च्यानलमा समेत आवद्ध थिए । उनी एभ्न्युज र हिमालयन टेलिभिजनका संस्थापक समाचार प्रमुख हुन ।
भारतमा स्कूले शिक्षा लिएका गिरी त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक समेत थिए ।
