थप समाचारसोमबार, पौष २२, २०७०

बलात्कारीलाई ११ वर्ष कैद

हिमालखबर

जिल्ला न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले बलात्कार गर्नेलाई ११ वर्षको कैद सजाय सुनाएको छ ।  चितवन जुटपानी–३ गैंडाखोलाका २५ वर्षीय रामराज खनाल क्षेत्रीले बलात्कार गरेको ठहरसहित इजलासले २१ पुसमा फैसला सुनाएको हो ।

पीडित बालिकालाई घरमा नै गएर धम्काएर खनालले पटक–पटक बलात्कार गरेका थिए । खनाललाई १३ जेठमा प्रहरीले पक्राउ गरेको थियो ।

चितवन जिल्ला अदालतको ४ असारको आदेशमा उनी  पुर्पक्षका लागि थुनामा थिए । बलात्कारपछि बालिका गर्भवती भएकी थिईन् ।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>