समाचारसोमबार, पौष २२, २०७०
पाँच जनाको मृत्युले गाउँ शोकाकूल
भारतको गोवास्थित कानाकोनामा पाँच तल्ले निर्माणाधिन भवन भत्किादाँ पाँच नेपालीको मृत्यु भएको छ । भत्किएको भवनले च्यापिएर २० पुसमा पाँच जना नेपाली कामदारको मृत्यु भएको हो ।
मृत्यु हुनेहरु दाङको गोलटाकुरी र फूलबारी गाविसका छन् । उनीहरुको मृत्युको खबरले गाउँमा भने शोक छाएको छ । रोजगारीको सिलसिलामा गोवा पुगेका उनीहरु एनएस कन्स्ट्रकसन बिउल्डरमा सेक्युरिटी गार्डमा कार्यरत रहेको त्यहाँबाट मदन गौतमले जानकारी दिए ।
नाइट ड्यूटी सकेर सुतेको बेला भवन भत्किदाँ च्यापिएर पाँच नेपालीसहित ५० जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा दाङ गोल्टाकुरीका ताराबहादुर खड्का, दीपक वली, सिताराम बिक र दिपेश विक छन् । यस्तै, फूलबारी गाविसका डम्मर नेपालीको सोही घटनामा मृत्यु भएको छ ।
देविका घर्ती मगर, दाङ
