समाचारआइतबार, साउन १४, २०६९
कामु मुख्यसचिवमा पौडेल
२० साउनमा तीन वर्षको पदावधि पूरा हुने मुख्यसचिव माधव घिमिरे आइतबारदेखि बिदामा बस्ने भएपछि सरकारले कामु मुख्यसचिव नियुक्त गरेको हो । मुख्यसचिव नियुक्तिको विषयमा सत्तासीन दलहरुबीच मतभेद रहँदै आएको थियो । मन्त्रिपरिषद् बैठकमा सत्तासीन दलहरुबीच विवाद भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र तराई मधेश लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुर सिंहदरबार गएर सहजीकरण गरेका थिए ।
प्रधानमन्त्री बाबुराम भट्टराई पौडेललाई मुख्य सचिव बनाउनुपर्ने पक्षमा थिए भने मधेशी मोर्चाले वरिष्ठतका आधारमा शंकर कोइरालालाई मुख्यसचिव बनाउनुपर्ने तर रोलक्रम मिचेमा मधेशी मूलमा उमाकान्त झालाई नियुक्त गर्नुपर्ने अडान राखेको थियो । दाबेदार १३ सचिवमध्ये श्याम मैनाली र ज्ञानचन्द्र आचार्यबाहेक अन्य सबै मुख्यसचिवको दौडमा थिए ।
रामजी दाहाल
